काठमाडौँ महानगरले ‘जेन जेड’ र ‘जेन एल्फा’ पुस्ता लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने


२०८३ जेठ ३१ आइतबार १४:२० बजे

काठमाडौँ : महानगरपालिकाले नवयुवा र भोलिको पुस्तालाई सुशासनको मुख्य संवाहक मान्दै आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा ‘जेन जेड  र जेन एल्फा ’ विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक मेयर सुनिता डंगोलद्वारा प्रस्तुत यस नीतिमा नयाँ पुस्ताको सोच, डिजिटल दक्षता र रचनात्मकतालाई महानगरको विकाससँग जोड्न उनीहरूको सुझाव र आवश्यकता अनुसार सहकार्य गरिने उल्लेख छ। यस कार्यक्रमले प्रविधिमैत्री र आधुनिक सोच भएका नवयुवाहरूलाई प्रशासनिक र सामाजिक सुशासनका प्रक्रियाहरूमा सक्रिय रूपमा सहभागी गराउने लक्ष्य राखेको छ।

नयाँ पुस्तालाई लक्षित गर्ने यो घोषणासँगै महानगरले युवा उद्यमशीलता र स्वरोजगारलाई बढावा दिन सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने नीति समेत अघि सारेको छ। युवाहरूमा रहेको आधुनिक तथा परम्परागत ज्ञान, सीप र कलालाई प्रोत्साहन गर्न महानगरले त्यसको औपचारिक प्रमाणीकरण गरी प्रमाणपत्र जारी गर्ने प्रबन्ध मिलाउने भएको छ।

नवयुवा पुस्तालाई नीति निर्माण र कार्यान्वयनको तहमा सहकार्यको अवसर दिएर काठमाडौँलाई प्राविधिक र सामाजिक रूपमा एक सवल र आधुनिक सहरका रूपमा विकास गर्ने उद्देश्य यस कार्यक्रमले बोकेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७