राष्ट्रिय आविष्कार केन्द्रबाट ४ झोला र एउटा कार्टुन लिएर सिंहदरबार छिरे महावीर

 ‘ल दाजुभाइ दिदीबहिनीहरू, जिन्दगीमा के हुन्छ कसो हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । अब यतै सर्ने भइयो राष्ट्रिय आविष्कार केन्द्रबाट’


२०८३ जेठ २७ बुधबार ११:२४ बजे

काठमाडौं :  ‘ल दाजुभाइ दिदीबहिनीहरू, जिन्दगीमा के हुन्छ कसो हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । अब यतै सर्ने भइयो राष्ट्रिय आविष्कार केन्द्रबाट । मेरो सम्पत्ति भनेकै यही चार–पाँच वटा झोला र एउटा कार्टुन त हो नि ।’ 

२७ जेठ २०८३ बिहान आफ्ना बन्दोबस्तीका सामान मन्त्रालय जान अघि कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्र नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले चिरपरिचित मुस्कानसहित पत्रकारहरूतिर हेरेर ठट्टा गरे । उनको सादगी र ठट्यौली पारा उस्तै थियो, तर परिवेश बदलिएको थियो । हिजोसम्म कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रको एउटा कुनामा बस्ने महावीर आजदेखि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै ‘डेरावाल’ बनेका छन् ।

कुनै तामझाम छैन, न त सुरक्षाकर्मीको ठूलो लावालस्कर नै । हातमा चार–पाँच वटा ब्याग र एउटा सानो कार्टुन बोकेर उनी आज बिहानै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय छिरे । अबको केही समय मन्त्री पुनका लागि यो मन्त्रालय कार्यथलो मात्र होइन, उनको अस्थायी आवास पनि हुनेछ ।

नवनियुक्त मन्त्री महावीर पुनले हिजो पदबहालीपछि पत्रकारहरूसँग कुरा गर्दै सरकारले क्वार्टर उपलब्ध नगराए मन्त्रालयमै सुत्ने बताएका थिए । सोही घोषणाअनुसार उनी आज बिहानै आफ्नो बन्दोबस्तीका सामानसहित मन्त्रालयमा डेरा सरेका छन् ।

उनले आफूसँग ४-५ वटा ब्याग र एउटा कार्टुन मात्र लिएर आएका छन् । आफ्नो सम्पत्ति यत्ति नै भएको मन्त्री पुनले बताए । उनी यसअघि राष्ट्रिय आविष्कार केन्द्रमै बस्ने गर्थे भने यसअघि मन्त्री हुँदा पनि मन्त्रालयमै बस्ने गरेका थिए ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७