बिजुलीमा लगाएको भ्याट फिर्ता हुँदैन : अर्थमन्त्री वाग्ले


२०८३ जेठ १८ सोमबार १२:१४ बजे

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) सरकारले ठूलो आँटका साथ ल्याएको स्पष्ट पार्दै यो कुनै पनि हालतमा फिर्ता नहुने घोषणा गरेका छन्। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार राजधानीमा आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले राज्यको राजस्वको दायरा बढाउन र दिगो आर्थिक सुधारका लागि यो निर्णय लिइएको बताएका हुन्। विद्युत्मा भ्याट लगाउने विषय हचुवामा नभई दीर्घकालीन सोचका साथ आएको उनको दाबी छ।

आगामी आवको बजेटमा ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्थाको सर्वत्र आलोचना भइरहेको छ ।  अर्थमन्त्री वाग्लेले बजेटको बचाउ गर्दै आगामी साउन महिनादेखि नै अन्तिम उपभोक्तालाई अतिरिक्त मार नपर्ने गरी उपयुक्त विकल्प र विधि ल्याइने प्रतिबद्धता समेत जनाएका छन्। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७