मन्त्रिपरिषद् बैठकबाट बजेट पारित


२०८३ जेठ १५ शुक्रबार १६:०४ बजे

काठमाडौं :  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ। सिंहदरबारमा केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेश गरेको बजेटलाई सर्वसम्मत पारित गरेको हो।

मन्त्रिपरिषद्‍बाट पारित भएसँगै अब बजेट संघीय संसद्को संयुक्त बैठकमा पेश हुने मार्गप्रशस्त भएको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा केहीबेरमै अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७