एमाले नेताहरूको नयाँ वरीयता प्रस्ताव: बादल पहिलो उपाध्यक्ष, महेश बस्नेत अन्तिम नम्बरमा


२०८३ जेठ ७ बिहीबार १६:५३ बजे

काठमाडौं :  नेकपा (एमाले) मा पदाधिकारीहरूको मर्यादाक्रम (वरीयता) निर्धारणको नयाँ प्रस्ताव अगाडि बढाइएको छ। गत सोमबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको जिम्मेवारी हेरफेरका साथै पदाधिकारीहरूको वरीयता सम्बन्धी नयाँ खाका समेत पेस गरेका हुन्।

प्रस्तावित नयाँ वरीयता अनुसार अध्यक्ष ओलीपछिको दोस्रो स्थान अर्थात् उपाध्यक्षहरूमध्ये पहिलो नम्बरमा रामबहादुर थापा 'बादल' लाई राखिएको छ। त्यस्तै, ९ जना सचिवहरूमध्ये पहिलो वरीयतामा छविलाल विश्वकर्मा परेका छन् भने पूर्वसांसद एवं युवा नेता महेश बस्नेत सचिवहरूको सूचीमा नवौँ अर्थात् अन्तिम स्थानमा समेटिएका छन्।

तीन उपमहासचिवहरूमा पूर्वमाओवादी नेता लेखराज भट्टलाई पहिलो स्थानमा राखिएको छ। उपमहासचिवमा दोस्रो वरीयता रघुवीर महासेठको रहेको छ भने योगेश भट्टराई तेस्रो स्थानमा परेका छन्। शुक्रबार बस्ने सचिवालय बैठकले यो प्रस्तावित वरीयताको खाकालाई आवश्यक छलफलसहित अनुमोदन गर्ने तयारी गरेको छ।

एमाले पदाधिकारीहरूको प्रस्तावित वरीयता सूची यस्तो छ:

  • अध्यक्ष: केपी शर्मा ओली

  • उपाध्यक्ष: रामबहादुर थापा

  • उपाध्यक्ष: विष्णुप्रसाद पौडेल

  • उपाध्यक्ष: पृथ्वीसुब्बा गुरुङ

  • उपाध्यक्ष: गोकर्ण विष्ट

  • उपाध्यक्ष: रघुजी पन्त

  • महासचिव: शंकर पोखरेल

  • उपमहासचिव: लेखराज भट्ट

  • उपमहासचिव: रघुवीर महासेठ

  • उपमहासचिव: योगेश भट्टराई

  • सचिव: छविलाल विश्वकर्मा

  • सचिव: पद्मा अर्याल

  • सचिव: खगराज अधिकारी

  • सचिव: भानुभक्त ढकाल

  • सचिव: यामलाल कँडेल

  • सचिव: शेरधन राई

  • सचिव: राजन भट्टराई

  • सचिव: हिक्मत कार्की

  • सचिव: महेश बस्नेत

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७