अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद, रेशम चौधरी पक्राउ प्रकरणसँग जोडियो मुद्दा


२०८३ बैशाख ४ शुक्रबार १३:२८ बजे

काठमाडौँ : सर्वोच्च अदालतमा कार्यरत रहँदा अनधिकृत पत्र लेखेको अभियोगमा महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय सुनाइएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले बिहीबार विष्टलाई कैदसँगै १० हजार रुपैयाँ जरिवाना तोकेको अदालतले जनाएको छ । 

सर्वोच्च अदालतमा शाखा अधिकृतका रूपमा कार्यरत रहेका बेला विष्टले अनधिकृत पत्र तयार पारेका थिए। सोही पत्रका आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरेको थियो।

पक्राउपछि केही समयमै उक्त पत्र अनधिकृत भएको खुलेको थियो। त्यसपछि सर्वोच्च अदालत प्रशासनले नै पत्रको वैधानिकतामाथि प्रश्न उठाउँदै अनुसन्धानका लागि प्रक्रिया अघि बढाएको थियो।

घटनापछि विष्टलाई नियन्त्रणमा लिएर लिखतसम्बन्धी कसुरमा अनुसन्धान गरिएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७