ट्राफिक प्रहरीको कारबाहीमा परे सभामुख अर्याल


२०८३ बैशाख २ बुधबार १३:२२ बजे

काठमाडौं : ट्राफिक नियम उल्लंघन गरेको भन्दै सभामुख डोलप्रसाद (डीपी) अर्याल सवार गाडी कारबाहीमा परेको छ।

थापाथली चोक क्षेत्रमा लेन क्रस गरी ट्राफिक नियम उल्लंघन गर्दै गाडी सिंहदरबार पुगेपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो। सभामुखको गाडीसँगै सुरक्षामा खटिएका अगुवा र पछुवा गरी तीन वटा सवारीसाधनलाई चिट काटिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरी स्रोतले जनाएको छ।

'भीभीआईपीको गाडीलाई त्यहीँ रोकेर चिट काट्न नमिलेपछि सिंहदरबार नै पुगेर चिट काटिएको प्रहरीले पुष्टि गरेको छ । ट्राफिक प्रहरी स्रोतका अनुसार, नियम उल्लंघन गर्ने सवारीसाधनमाथि पद वा हैसियत नहेरी कारबाही गरिएको हो।

गाडीमा सभामुख स्वयं सवार थिए वा थिएनन् भन्नेबारे प्रहरीले केही खुलाएको छैन।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७