रातो मच्छिन्द्रनाथको रथ निर्माण आजदेखि सुरु


२०८२ चैत २१ शनिबार १६:३१ बजे
मछिन्द्रनाथको फाइल फोटो

काठमाडौं : रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य आजदेखि सुरु हुँदैछ। तिथिअनुसार बनाइने उक्त रथमा फलामको एउटा पनि किला प्रयोग नगर्ने परम्परा रहेको रथ निर्माणमा संलग्न बाराही नाइके दिलकुमार बाराहीले जानकारी दिए।

यस वर्ष रातो मच्छिन्द्रनाथलाई वैशाख ५ गते रथारोहण गरिनेछ भने वैशाख ९ गतेदेखि पुल्चोकबाट रथ तान्ने तयारी गरिएको छ। यसअघि हिजो बेलुकी महास्नान सम्पन्न भएपछि रथ निर्माणका लागि साइत पूजा गरिएको थियो।

परम्पराअनुसार महास्नानकै दिन पुल्चोकको दमकल चोकस्थित जोगाम्बर पीठमा दुई जनाले चार खम्बा गाडेर पूजा गर्ने गरिन्छ। महास्नानपछि रातो मच्छिन्द्रनाथलाई गुप्तबासमा राखिएको छ। उक्त दिन राति मूर्तिलाई कसैले नदेख्ने गरी मन्दिरमा लगेर सात दिनसम्म गुप्तबास राख्ने परम्परा छ। आउँदो अष्टमी २७ गते गुप्तबासबाट मूर्ति बाहिर निकालेर मर्मत तथा रंगरोगन गरिनेछ।

यसैबीच, दोलखामा पनि आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ। त्यहाँ ६ दिनसम्म रथ तान्ने परम्परा रहेको छ। पहिलो दिन रथलाई पिगला टोलबाट तानेर नकछेटोल पुर्‍याइनेछ ।

रथयात्राको पूर्वसन्ध्यामा हिजो नै दोलखामा मूर्तिलाई रथारोहण गरिएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७