बंगलादेश दोस्रो पटक साफ यू–२० च्याम्पियन


२०८२ चैत २१ शनिबार ११:०४ बजे

काठमाडौं : भारतलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि दोस्रो पटक जितेको छ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा शुक्रबार भएको फाइनल निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएको थियो। त्यसपछि नतिजा पेनाल्टीमार्फत टुंग्याइएको हो, जहाँ बंगलादेश सफल रह्यो।

पेनाल्टी शुटआउटमा भारतको पहिलो प्रहार रिसी निङग्थौकाङग्जाम सिंहले गरेका थिए, तर उनको प्रयास बंगलादेशका गोलकिपरले रोके। त्यसपछि मोहम्मद मुर्सेद अलीले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए।

भारतका मोहम्मद अब्रास र बंगलादेशका चन्दोन रोयले दोस्रो प्रहारमा गोल गरे। तेस्रो प्रहारमा भारतका अहोङग्साङबोङ सामसान र बंगलादेशका अब्दुल फहिम दुवैले गोल गरे।

चौथो प्रहारमा भारतका विशाल यादवले ‘टप कर्नर’ मा उत्कृष्ट गोल गरे। तर बंगलादेशका सामियल रक्षमको प्रहार ‘क्रसबार’ मा लागेर फर्किएपछि स्कोर ३–३ को बराबरीमा पुग्यो।

निर्णायक पाँचौँ प्रहारमा भारतका सर्वाधिक गोलकर्ता ओमंग दोदुम असफल भए। त्यसपछि बंगलादेशका रोनान सुलिभानले गोल गर्दै टोलीलाई उपाधि दिलाए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७