मोटरसाइकल चालकलाई कुटपिट गर्ने कार चालक पक्राउ
भक्तपुर : नगरकोटमा दुई जना मोटरसाइकल चालकलाई कुटपिट गरेको आरोपमा कार चालक गणेशबहादुर तामाङ पक्राउ परेका छन् ।
बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चागुनारायण नगरपालिका-६, नगरकोटका ४१ वर्षीय तामाङलाई पक्राउ गरेको जनाएको छ ।
केही दिनअघि कार चालकले दुई मोटरसाइकल चालकलाई कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडिओमा ‘बागमती बीएसी ५२८१’ नम्बरको कारले मोटरसाइकल चालक विशाल तामाङ र लक्सकुमार राईमाथि अश्लील गालीगलौजसहित हातपात गरेको देखिन्छ ।
घटना शनिबार भक्तपुर नगरकोट सडक खण्डमा भएको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जावेगुले कुटपिटमा परेका चालकहरूले प्रहरीमा निवेदन दिएका जानकारी दिएका छन्।
डीएसपी जावेगुले भने, 'हामी अनुसन्धान गर्दै छौँ। अहिलेसम्म भिडियोमा देखिएका आधारमा मात्र अनुसन्धान भइरहेको छ। कार चालक सम्पर्कमा आएपछि थप जानकारी प्राप्त हुनेछ।'
.gif)

.png)

