खोटाङमा हेलिकप्टर दुर्घटना


२०८२ चैत ४ बुधबार १२:५३ बजे

काठमाडौँ : खोटाङको केपिलासगढी गाउँपालिका–२ मा बिरामी लिन गएको हेलिकप्टर दुर्घटनामा परेको छ ।

खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको पुष्टि गरिन् । दुर्घटनामा कसैको पनि हताहती नभएको उनको भनाइ छ ।

हेलिकप्टरमा १ जना पाइलट र ५ जना यात्रु गरी जम्मा ६ जना सवार थिए । एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार यात्रु एक जना र एक जना पाइलट घाइते भएका हुन्। पाइलट सामान्य घाइते भएका छन् भने यात्रुलाई गम्भीर चोट लागेको छ।

उनीहरू दुवै जनाको अर्को हेलिकोप्टरबाट उद्धार गरिएको वडा नम्बर २ का वडा सदस्य हरिचन्द्र राईले जानकारी दिए। हङकङ बस्ने एक परिवारका सदस्यको मृत्यु भएपछि आफन्ती हेलिकोप्टरबाट गाउँ आएका थिए। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः ०० बजे उडेको उक्त हेलिकप्टर दिउँसो ११ः ५१ बजे दुर्घटनामा परेको थियो ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७