आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा, विश्वका प्रदूषित सहरमध्ये छैटौं स्थानमा


२०८२ फाल्गुण २८ बिहीबार ०७:०९ बजे

काठमाडौँ : काठमाडौंमा वायुको गुणस्तरमा अपेक्षित सुधार हुन सकेको छैन। पछिल्ला दिनयता बढेको वायु प्रदूषण आज पनि अस्वस्थ तहमै कायम रहेको छ।

स्विट्जरल्याण्डस्थित आईक्यू एयरको रियल टाइम मापनअनुसार आज बिहान ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १८५ पुगेको छ। १५० भन्दा माथिको एक्यूआईलाई अस्वस्थ स्तर मानिन्छ ।

नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकांकअनुसार ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ र २०१–३०० निकै अस्वस्थ मानिन्छ। ३०१ भन्दा माथि पुगेमा खतरनाक तहमा पुगेको संकेत हुन्छ।

आज काठमाडौं विश्वका सबैभन्दा अस्वस्थ सहरमध्ये छैटौं स्थानमा परेको छ। पहिलो स्थानमा उज्बेकिस्तान, दोस्रो स्थानमा भियतनाम, तेस्रो स्थानमा पाकिस्तानको लाहोर, चौथो स्थानमा भारतको दिल्ली र पाँचौं स्थानमा भारतकै कोलकाता रहेका छन्।

यसअघि अग्रस्थानमा रहेको बंगलादेशको ढाका भने अहिले १० औं स्थानमा झरेको छ।

प्रदूषण बढेपछि सरोकारवालाले स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरेका छन्। बाहिर निस्कँदा मास्क प्रयोग गर्न पनि सुझाव दिइएको छ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७