एमाले र रास्वपा कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते


२०८२ फाल्गुण १४ बिहीबार ०७:२६ बजे
फाइल तस्बिर

कैलाली: बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप हुदाँ दुई जना घाइते भएका छन् ।

चुनाव प्रचार–प्रसारका लागि घरदैलो गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई जना कार्यकर्ता घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

‘जिल्लाको डिलासैनी गाउँपालिका–७ को लेक टोलमा चुनाव प्रचार–प्रसारको क्रममा दुवै पक्षबीच झडप भएको हो,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले भने ।

उनका अनुसार झडपमा डिलासैनी–७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य अन्दाजी २८ वर्षीय जनक धामी र सोही ठाउँका अन्दाजी २६ वर्षीय माधव धामी घाइते भएका छन् ।

घाइते भएका जनकको टाउको र निधारमा चोट लागेको, माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरी निरीक्षक सिंहले बताए । उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ । घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक भुवन तिमिल्सेनाको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यसैबीच घटनाको छानबिनका लागि प्रहरीले पाँच जनालाई पक्राउ गरेको जनाएको छ । ‘५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक सिंहले भने, ‘छानबिन र अनुसन्धानपछि घटनाबारे थप विषय प्रष्ट हुन्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७