७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प धक्का महसुस
काठमाडौंः मलेसियामा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मलेसियाको सबाह राज्य नजिकै पर्ने सुलु सागरको जमिनमुनि सोमबार बिहान १२:५७ बजे गएको भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन गरिएको छ । सन् १९२३ पछि यस क्षेत्रमा रेकर्ड गरिएको यो नै सबैभन्दा ठूलो भूकम्पमध्ये एक हो ।
भूकम्पका कारण सबाह र सारावाकका बासिन्दाहरूले केही सेकेन्डसम्म हल्का कम्पन महसुस गरेका थिए । कम्पनका कारण कतिपय मानिसहरू घरबाहिर निस्किएका थिए ।
मलेसियाका छिमेकी मुलुकहरू फिलिपिन्स, ब्रुनाई र सिंगापुरका केही उच्च भवनहरूमा समेत यसको हल्का धक्का महसुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट केही टाढा समुद्रमुनि भए तापनि यसको गहिराइ ६२० किलोमिटर रहेको पाइएको छ । भूगर्भविद्हरूका अनुसार सामान्यतया यति धेरै गहिराइमा जाने भूकम्पले जमिनको सतहमा कम प्रभाव पार्ने गर्दछ । त्यसैले सुनामीको खतराको चेतावनी जारी गरिएको छैन । प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले कुनै पनि सुनामीको खतरा नरहेको स्पष्ट पारेको छ ।
.gif)

.png)

