युक्रेनका सबै विद्युत गृह क्षतिग्रस्त, जनता चिसोमा पीडित : राष्ट्रपति जेलेन्स्की


२०८२ फाल्गुण २ शनिबार १९:२७ बजे

काठमाडौँ : भोलोदिमिर जेलेन्स्की ले रुसी आक्रमणका कारण युक्रेनका सबै विद्युत गृहमा क्षति पुगेको र लाखौँ नागरिकले जाडोमा विद्युत् कटौतीको सामना गर्नु परेको बताएका छन् । शनिबार जर्मनीको म्युनिखमा सुरु भएको सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै उनले युद्धबाट पीडित जनताले चिसोमा पनि कठिन अवस्था भोगिरहेको बताए ।

जेलेन्स्कीले मस्कोको आक्रमणको चौथो वर्षको सन्दर्भमा अधिकारीहरूलाई भने, 'युद्धले दशौँ हजारको ज्यान लिएको छ, पूर्वी युक्रेन ध्वस्त पारेको छ र लाखौँ नागरिक भाग्न बाध्य भएका छन् ।'

किएभ र उसका पश्चिमी सहयोगीहरूले रूसी सेनाले युक्रेनका विद्युत गृह लक्षित गरेको आरोप लगाउँदै आएका छन् । जेलेन्स्कीले भने, 'युक्रेनमा कुनै पनि विद्युत् गृह रूसी आक्रमणबाट बचेको छैन । हामी अझै पनि बिजुली उत्पादन गरिरहेका छौँ र यसका लागि हजारौं कामदारको प्रशंसा गर्न चाहन्छु ।'

उनले पश्चिमबाट आपूर्ति हुने वायु रक्षा प्रणाली र मिसाइल वितरणमा द्रुतता आवश्यक भएको उल्लेख गर्दै भने, 'कहिलेकाँही हामी ‘प्याट्रियट्स’का लागि नयाँ मिसाइलहरू वितरण गर्न सफल हुनेछौँ ।'

जेलेन्स्कीले सन् २०२२ फेब्रुअरीमा युद्ध सुरु गरेका भ्लादिमिर पुटिन लाई एडोल्फ हिटलरसँग तुलना गर्दै भने, 'उहाँ आफूलाई जारको रूपमा देख्न सक्छन्, तर वास्तवमा युद्धको दास हुनुहुन्छ ।'

अर्को हप्ता जेनेभामा अमेरिकी मध्यस्थतामा हुने वार्ताका सन्दर्भमा उनले भने, 'युक्रेनले युद्ध अन्त्यका लागि सबै प्रयास गरिरहेको छ । यद्यपि वार्ता सफल नहुनु दुर्भाग्यपूर्ण छ । रुसले आफ्नो डोनेट्स्क क्षेत्र फिर्ता लिन माग गरेको छ, तर हामी आफ्नो पूर्वी क्षेत्र छोड्न अस्वीकार छौँ ।'

जेलेन्स्कीले पुटिनले सन् १९३८ को म्युनिख सम्झन दोहोर्याउन खोजेको आरोप लगाउँदै त्यसबाट इतिहासले सिक्ने सन्देश दिए । 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७