न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु


२०८२ माघ १९ सोमबार २१:१४ बजे

काठमाडौँ : गएको हप्ता देखि न्युयोर्क सहरमा चिसोका कारण १४ जनाको मृत्यु भएको मेयर जोहरान ममदानीले पुष्टि गरेका छन् ।

प्रारम्भिक अनुसन्धानले चिसोका कारण आठ जनाको मृत्यु भएको पुष्टि गरेको स्थानीय मिडियाले जनाएका छन् । अमेरिकामा जाडोको ठुलो आँधीका कारण जनवरी-२५ मा उल्लेख्य मात्रामा हिँउ परी सडक तथा फुटपाथ अवरद्ध गरेको जनाइएको छ ।

ममदानीले अहिले सम्म छ करोड ७० लाख पाउन्ड हिउँ पग्लि सकेको पुष्टि गर्दै हिउँ पगाली उक्त स्थान सफा गर्न १८ करोड ८० लाख पाउन्ड नुन प्रयोग गरिएको बताएका छन् ।

घरबार विहीन तथा विस्थापितहरुलार्ई चिसो तापक्रमसँग जुझ्न मद्दत गर्न सुरक्षात्मक उपायहरू अपनाइएको जनाइएको छ । नयाँ आश्रय तथा एकाइहरू घरबार विहीनहरूका लागि खुला हुने र तातो र सुरक्षित आश्रयहरू न्युयोर्क सहरका पाँचवटा स्थानमा  मानिसहरूका लागि खुला रहने जनाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७