नेपाल साफ फुटसल च्याम्पियनसिपबाट बाहिरियो
काठमाडौँ : माल्दिभ्ससँग २–१ ले पराजित भएसँगै नेपाल साफ फुटसल च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ ।
बिहीबार थाइल्यान्डको बैंककस्थित नोन्थाबुरी रंगशालामा माल्दिभ्सलाई जित दिलाउन कप्तान महोम्मद इम्रान र अब्दुल्लाह शाफियुले समान एक-एक गोल गरे।
नेपालका विक्रान्त नरसिंह रानाले गोल गरे पनि टोलीको हार टार्न सकेन। तीनै गोल दोस्रो हाफमा भएको थियो। जितसँगै माल्दिभ्सले चार खेलमा शतप्रतिशत प्रदर्शन गर्दै १२ अंक जोडेको छ।
पराजित नेपाल दुई खेल बाँकी रहँदा पाँच अंकमा सीमित छ । नेपालले चार खेलमा समान एक जित, एक हार र दुई बराबरी गरेको छ।
.gif)

.png)

