काठमाडौँको तापक्रम ३ डिग्री तल झर्दै केही दिन चिसो बढ्ने 


२०८२ माघ २ शुक्रबार ०८:२० बजे
फाइल तस्बिर

काठमाडौँ: पछिल्लो साता काठमाडौँ उपत्यका लगायत देशका अधिकांश भागमा चिसो बढेको छ । हाल काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री तल झरेको छ । तापक्रम गिर्दो अवस्थामा भएकाले अझै केही दिन चिसो बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (शुक्रवार) दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । महाशाखाका अनुसार कोसी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक रूपमा बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यसै गरी, आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाले हुस्सुका कारण  दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७