खेलकुदमन्त्री विवादमा मुछिएको बेला शिक्षामन्त्रीको प्रश्न : विदेश घुमेर अर्थतन्त्र बन्छ ?
काठमाडौँ : खेलकुदमन्त्री बब्लु गुप्ताको क्याबिनेटबाट स्वीकृत अमेरिका भ्रमण विवादमा परेको बेला शिक्षामन्त्री महावीर पुनले आफू मन्त्री बनेपछि विदेश भ्रमणका निम्तो अस्वीकार गर्दै आएको बताएका छन् ।
पुनले मन्त्री बनेपछि आएका तीन वटा विदेश भ्रमणका निमन्त्रणामा नजाने निर्णय गरेको बताएका छन् । अहिले पनि दुईवटा निमन्त्रणा आएको र यसमा पनि नजाने उनको भनाइ छ ।
इजरायल र साउदी अरबमा कार्यक्रमका लागि आएको निमन्त्रणा पत्र उनले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । देशको अर्थतन्त्र नसुधारेसम्म प्रगति सम्भव नभएको उनको धारणा छ । मन्त्री पुनले विदेश भ्रमणले अर्थतन्त्र नबन्ने उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘लौ जा ! म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गइनँ । अहिले पनि दुईवटा निमन्त्रणा आएछ । यसमा पनि जान्नँ । देशको अर्थतन्त्र नसुधारे सम्म जोसुकै प्रधान मन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किन भने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ?’
.gif)

.png)

