महेश बस्नेत भक्तपुर-२ र गोकुल बास्कोटा काभ्रे-२ बाट एकल सिफारिस
काठमाडौं : आगामी प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेले सचिव महेश बस्नेतको नाम एकल सिफारिस गरेको छ।
बस्नेत २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए भने २०७९ को निर्वाचनमा भने उनी कांग्रेस–माओवादी गठबन्धनसँग पराजित भएका थिए।
यस्तै काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेले नेता गोकुल बास्कोटाको नाम पनि एकल सिफारिस गरेको छ।
हाल एमालेका केन्द्रीय सदस्य बास्कोटा २०७४ र २०७९ सालका चुनावमा पनि त्यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए।
.gif)

.png)

