शीतलहरले वीरगन्ज तीन दिन सार्वजनिक बिदा


२०८२ पौष १६ बुधबार ०९:४९ बजे

वीरगञ्ज : वीरगञ्ज महानगरले शीतलहर चलेसँगै तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६  देखि  १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो । यसअघि महानगरले दुईपटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ ।

वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार विगत केही दिनदेखि बढ्दै गएको चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई थप बिदा दिइएको हो । आगामी पुस २० गतेदेखि विद्यालय फेरि सञ्चालन हुने जनाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७