बालेन र रविको गठजोडबारे प्रदीप ज्ञवालीको टिप्पणी : तिलस्मी तत्वको खोजीले कहीँ पुर्‍याउँदैन


२०८२ पौष १२ शनिबार ०९:०१ बजे

काठमाडौं : नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले विचार मिल्नेहरू एकै ठाउँ उभिनु स्वाभाविक र सकारात्मक भएको बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ लगायतले गरिरहेको एकता वार्ताप्रति टिप्पणी गर्दै ज्ञवालीले यसमा अनावश्यक ‘तरङ्ग’ सिर्जना गर्न खोजिएको बताएका छन् । 

उनले यो मिलनले यस्तै ‘तारणहार’ जन्माउँछ र देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिएको बताए ।

‘तर यस्तो तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीँ पनि पुर्याउँदैन’ उनले भनेका छन्, ‘देश बनाउनमा व्यक्तिको भूमिका हुँदैन भन्ने होइन, तर देश बन्ने भनेको अन्ततोगत्वा विचार, संस्था, प्रणाली र सामूहिकताले हो ।’ 

ज्ञवालीले विचार मिल्नेहरू एकै ठाउँ उभिनु स्वाभाविक र सकारात्मक भए पनि त्यसलाई लिएर अनावश्यक ‘तरङ्ग’ सिर्जना गर्न खोजिएकोप्रति आपत्ति जनाएका छन् । ‘विचार मिल्नेहरू एकै ठाउँ उभिनु राम्रो हो । उसो त, विचार मिलेको हो कि स्वार्थ समयले नै बताउला,’ उनले भनेका छन् ।

उनले सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउने प्रवृत्तिबाट आएका शक्तिहरू लोकतान्त्रिक प्रतिस्पर्धामार्फत सिंहदरबार पुग्न खोज्नु सकारात्मक भएको पनि बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७