मध्यराति एउटै कारमा बाहिरिए रवि र बालेन, भेट गराउने असिम शाह भन्छन् : कथाको सुखद् सुरुवात


२०८२ पौष ८ मंगलबार ०७:४५ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच झण्डै ६ घण्टा वार्ता भएको छ । 

सोमबार राति रास्वपाका पूर्वसांसद असिम शाहको कमलपोखरीस्थित घरमा यी दुई नेताबीच लामो छलफल भएको हो । 

वार्तापछि पूर्वसांसद भेटवार्ता सुखद् भएको बताएका छन्। यो भेटको प्रबन्ध मिलाएका साहले फेसबुकमा ‘कथाको सुखद् सुरुवात भएको’ बताएका हुन्। 

रवि र बालेनलाई वार्तापछि एउटै गाडीमा बिदा गरेका रास्वपा नेता असिम शाहले राति १ः४२ बजे फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन(दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई !’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७