एनपिएल : विराटनगरले लुम्बिनीविरुद्ध बलिङ रोज्यो
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। कप्तान सन्दीप लामिछानेले टस जितेर लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन्।
विराटनगरले खेलका लागि दुई परिवर्तन गरेको छ । सूर्य तामाङ र नारायण जोशी बाहिरिँदा सुवास भण्डारी र शंकर राना टोलीमा आएका छन् । लुम्बिनीले बुधबारको खेलबाट कुनै परिवर्तन गरेको छैन।
यो नकआउट खेल भएकाले पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। जित्ने टोली शनिबार सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल्नेछ।
लुम्बिनीले दोस्रो क्वालिफायरमा प्रवेश गर्न काठमाण्डु गोर्खाजलाई पराजित गरेको थियो भने विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।
.gif)

.png)

