बहुविवाह आरोपमा डिएसपी मधु नेपाल पक्राउ
काठमाडौँ : प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाल बहुविवाह आरोपमा पक्राउ परेका छन् ।
पूर्वी नवलपरासीस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत नेपाललाई रुपन्देही जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेन्द्र भट्टका अनुसार नेपालको पूर्वपत्नीले दर्ता गरेको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
नेपाललाई थुनामै राखेर अनुसन्धान सुरु गरिएको छ। उनकी जेठी श्रीमतीबाट एक छोरी र कान्छी श्रीमतीबाट दुई छोरी रहेको बताइन्छ।
पक्राउ परेसँगै उनलाई निलम्बन गर्ने प्रक्रिया अघि बढाइएको छ।
.gif)

.png)

