एनपीएलमा विराटनगर किंग्सको लगातार तेस्रो जित
काठमाडौँ : साबिक विजेता जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित निकाल्दै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो विजय हात पारेको छ।
विराटनगरले जनकपुरलाई ९ रनले हराउँदै आफ्नो अपराजित यात्रा कायम राख्यो। यो हारसँगै जनकपुर बोल्ट्सले लिगमा लगातार दोस्रो पराजय बेहोरेको छ।
पहिले ब्याटिङ गरेको विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याइएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्रै जोड्न सक्यो।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने चम्किए। उनले ४ ओभरमा मात्र ११ रन खर्चिँदै ४ विकेट लिए। त्यस्तै सूर्य तामाङले ४ ओभरमा २० रन दिँदै ३ विकेट हात पारे।
.gif)

.png)

