ज्योतिषीको कुरा सुनेर लाङटाङ गएको भन्ने कुरा छन् : कुलमान घिसिङ


२०८२ असोज १९ आइतबार १६:०८ बजे

काठमाडौँ : लाङटाङ क्षेत्रमा ट्रेकिङका लागि गएका चार जना बेपत्ता भएको घटनालाई लिएर भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले चासो व्यक्त गरेका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले भने, 'मैले सुनेको कुरा तपाईंहरूलाई भन्छु, केही ज्योतिषीहरूले यो हुँदैन, यो गलत हो भनेको कारणले पनि लाङटाङमा ट्रेकिङमा जानुभयो कि भन्ने कुराहरू छन्,'

मन्त्री घिसिङले थपे, 'हामीले त पटकपटक जोखिमको जानकारी दिएका थियौं, सबैले सतर्कता अपनाउन आग्रह गरेका थियौँ।'

गोसाइँकुण्ड गाउँपालिका-४ स्थित बेरिङखोलामा बाढी आउँदा चार जना बेपत्ता भएका थिए । बोरिङ खोलामा एक्कासि बाढी आउदा भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये चार जना शनिबार बेपत्ता भएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७