६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन


२०८२ भदौ २७ शुक्रबार २२:४५ बजे

काठमाडौं :  आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

कार्कीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को पहिलो निर्णयमा नै संसद् (प्रतिनिधि सभा) विघटन गरेकी छन्।

शुक्रबार राति पद तथा गोपनीयताको शपथ ग्रहण समारोहपछि शीतलनिवासमै बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट जेनजीले उठाएको संसद् विघटनको माग कार्कीले सम्बोधन गरेकी हुन्। कार्कीको अन्तरिम मन्त्रिपरिषदमा अन्य सदस्य नियुक्त नभएकाले उनी एक्लैको बैठकले संसद विघटन गर्ने निर्णय गरेको हो। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७