सुनको भाउ हालसम्मकै महँगो, नाघ्यो दुई लाख

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य हालसम्मकै महँगो हुँदै नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ ।
आज सुनको भाउ प्रतितोला दुई लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो ।
यसअघि साउन २३ गते एक लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको थियो । त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २,३५५ रुपैयाँ रहेको चाँदी आज २,३६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।