पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा पक्राउ


२०८२ श्रावण २५ आइतबार १३:४४ बजे

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले जानकारी दिएका छन् । काभ्रेको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका व्यक्तिको शवबाट मासु र हड्डी निकालेको आफन्तले आरोप छ । शव जलाउने काम गर्ने ती ब्राम्हणविरुद्ध आफन्तले प्रहरीमा निवेदन दिएपछि नियन्त्रणमा लिइएको हो ।

आफन्तले मासु र हड्डी बेच्ने गरेको आरोप लगाए पनि किन्ने को हो, कतिमा बेचे भन्ने केही खुलेको छैन । जसकारण अहिल्यै आरोप पुष्टि हुने खाले प्रमाणहरू नरहेको प्रहरीको भनाइ छ । शवबाट मासु र हड्डी निकालेर मसान जगाउने अघोरी बाबालाई बेचिएको हुन सक्ने आशंका गरिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७