क्रिकेटर ललित राजवंशीलाई मातृशोक

काठमाडौं । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । उनकी आमा शुभकुमारी राजवंशीको आज निधन भएको हो । ६० वर्षीया राजवंशीको विराटनगर– १४ जतुवास्थित आफ्नै घरमा निधन भएको हो । उनी लामो समयदेखि फोक्सोसमबन्धी रोगबाट बिरामी थिइन् ।
आमाको निधनपछि ललित पनि घर पुगिसकेका छन् । घरमा ललितसँगै ६३ वर्षीय बुवा जयनारायण, जेठो दाइ युगलकिशोर राजवंशी, माइलो दाइ रामकिशोर राजवंशी र बहिनी सुमन राजवंशी रहेका छन् । ललित भने कान्छो छोरा हुन् ।