दुुई बालिका महाकाली नदीमा बेपत्ता

कञ्चनपुर । कञ्चनपुरमा महाकाली नदीमा आइतबार नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१२ ऐरी नजिकै महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन् ।
नदीमा नुहाउने क्रममा भीमदत्त नगरपालिका–११ की जीविका पन्त र सानबी पन्त नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले जानकारी दिए । उनीहरू दुवैको उमेर अन्दाजी ६÷७ वर्ष छ । उनीहरूको खोजी भइहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार नदी किनारमा अन्य बालिका पनि नुहाइरहेका थिए । जसमध्ये दुई जना बगेर बेपत्ता भएका हुन् ।