भूमि विधेयकमा घुमाउरो र अस्पष्ट भाषा प्रयोग गरिएको भन्दै सांसदहरूको असन्तुष्टि


२०८२ श्रावण २५ आइतबार १५:५६ बजे

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरूले भूमिसम्बन्धी केही नेपाल ऐन संंशोधन विधेयकमा प्रयोग गरिएको भाषा अस्पष्ट रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

समितिमा आज (आइतबार) पेस गरिएको विधेयकमा जग्गाको हदबन्दीसम्बन्धी व्यवस्थामा अस्पष्ट भाषा प्रयोग भएको भन्दै सत्तारूढ दलकै सांसदले असन्तुष्टि जनाएका हुन् । सांसदहरूको असन्तुष्टिपछि समितिको बैठक साउन २७ गते बस्ने गरी स्थगित भएको छ ।

यसअघि विधेयकको दफा १२ को उपदफा ६ मा उल्लेख जग्गा हदबन्दीसम्बन्धी व्यवस्था अस्पष्ट भएको भन्दै सुधार गरेर ल्याउन भनिएको थियो । तर, सरकारले सच्याएर ल्याए पनि अस्पष्ट र दुविधायुक्त भाषा प्रयोग गरिएको भन्दै सांसदहरू वीरबहाुदर बलायर, प्रतिमा गौतमलगायतले असन्तुष्टि जनाएका हुन् । यस्तै, विपक्षी दलका सांसदहरूले पनि विधेयकको भाषा घुमाउरो रहेको भन्दै आपत्ति जनाएका थिए ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७