झलनाथ खनाल भेट्न डल्लु पुगे नारायणकाजी


२०८२ श्रावण २५ आइतबार १४:४६ बजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ खनाललाई भेट्न उनकै निवास डल्लु पुगेको खनालको सचिवालयले जनाएको छ । अहिले दुई नेताबीच भेटवार्ता भइरहेको छ ।

भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बुझिएको छ । खनाल र श्रेष्ठ वामपन्थी एकताको पक्षमा उभिँदै आएका छन् । श्रेष्ठले पछिल्लो समय राजनीतिक भेटघाटलाई बढाएका छन् । यसअघि उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेटेका थिए । शुक्रबार मात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७