झलनाथलाई माधवले भने–ओलीकै सेवा गरेर बसे भइहाल्थ्यो, किन आउनु ?

‘१६ वर्षमै बच्चा जन्माए त झन ओलीले पुरस्कार नै दिन्छन् होला’


२०८२ श्रावण २३ शुक्रबार १६:४६ बजे
फाइल फोटो

 काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानीत नेता झलनाथ खनालबीचको ‘वाकयुद्ध’ झनझन लम्बिएर गइरहेको छ । सम्मानीत नेता खनालले एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिएपछि सुरु भएको ‘वाकयुद्ध’ रोकिनुको सट्टा झन बढ्दै गएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई लक्षित फेरि अर्को टिप्पणी गरेका छन् । राजधानीमा आयोजित पार्टी निकट उद्योगी व्यवसायीको कार्यक्रममा नेपालले पार्टीको निर्णय पार्टीको पक्षमा, पार्टीको प्रतिष्ठा बढाउन, पार्टीको हितको रक्षा गर्न, अनुशासनको पालना गर्नका लागि भएको प्रष्ट्याएका छन् ।

एमाले फुटाउनुको औचित्य पुष्टि नभएको खनालको अभिव्यक्तिलाइ लक्षित गर्दै नेपालले भने, ‘मिडियामा जाने पार्टीको बदख्वाइँ गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने । किन आउनु पर्‍यो विद्रोह ठिक लागेन भने ? केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि !’

उनले आफूहरू एमालेबाट छुट्टिने आँट गरेर ठिक गरेको जिकिर गरेका छन् । नेपालले भने, ‘हामीले ठिक गर्‍यौं, आँट गर्‍यौं । पहिलो गाँसमा ढुंगा हैन, सुनको सिक्का पायौं । संविधान मिच्ने, उल्लंघन गर्ने गलत परम्परा बसाल्ने काम भइरहेको थियो । यसको विरुद्ध विद्रोह गर्‍यौं, खुलेआम सडकमा आयौं, अदालत पनि गयौं, मुद्दा पनि दियौं राजनीतिक लडाइँ पनि लड्यौं । सबै लडाइँमा जित्यौं ।’

‘१६ वर्षमै बच्चा जन्माए त झन ओलीले पुरस्कार नै दिन्छन् होला’
अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिन सक्ने टिप्पणी गरेका छन् । उनले १६ वर्षमा बिहे गरे ओली झन खुशी हुन सक्ने बताए । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेका थिए ।

सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुशी नै होलान् । पुरस्कार दिन बेर छैन । तीन सन्तान जन्माउनु पर्छ भनिरहेका छन् ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७