कति सकियो सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम ?


२०८२ श्रावण २३ शुक्रबार १३:१६ बजे

बुटवल । पहाडलाई तराईसँग जोड्ने सिद्धार्थ राजमार्गको जोखिमपूर्ण खण्ड सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ । बाह्रै महिना पहिरो झर्ने पाल्पाको तिनाउ गाउँपालिका–३ कुहिरेभिरमा बन्दै गरेको सिद्धबाबा सुरुङमार्गको १८ महिनामा झण्डै ५९ प्रतिशत भौतिक प्रगति भएको छ ।

यहाँ ४ माघ २०८० बाट मुख्य सुरुङमार्ग खन्न थालिएको थियो । सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५८.८८ प्रतिशत र वित्तीय प्रगति ५१.१ प्रतिशत भएको छ । दुई लेनको मुख्य सुरुङमार्ग १ हजार १२६ मिटर लम्बाइको हुनेछ भने, चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहने छ । 

सुरुङमार्गको गएको माघ १० गते ‘ब्रेक थ्र’ भएको थियो । सुरुङमार्गको मुख्य टनेलमा भुइँ भागको ढलान (इन्भर्ट) को काम सकिएको छ । मुख्य टनेलकै भित्री पर्खालमा गरिने संरचनात्मक लेपन (लाइनिङ) को काम ९३३.३ मिटर सकिएको प्रमुख इन्जिनियर अधिकारीले बताए । 

यस्तै, बाइपासमा पनि ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको छ । १५१ मिटर लम्बाइको बाइपास–१ मा इन्भर्टको १४५ मिटर र लाइनिङको १२४ मिटर काम भइसकेको छ । १६१ मिटर लम्बाइको बाइपास–२ मा अहिलेसम्म इन्भर्टको काम १५७.८ मिटर भएको छ भने लाइनिङको काम शुरू भएको छैन । १३० मिटर लम्बाइको बाइपास–३ मा इन्भर्टको १२५ मिटर र लाइनिङको १०४.२ मिटर काम भइसकेको प्रमुख इन्जिनियर अधिकारीले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७