दुर्गा प्रसाईलाई लिन डिल्लीबजार कारागार पुगे कांग्रेस सांसद शर्मा


२०८२ श्रावण १९ सोमबार २१:५१ बजे

काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि धरौटी बुझाएर डिल्लीबजार कारागार फर्किएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई लिन सत्तारुढ नेपाली कांग्रेस सांसद सुनिल शर्मा पुगेका छन् ।

प्रसाई केहीबेर अघि मात्रै डिल्लीबजारस्थित कारागार पुगेका हुन् । कारागारले धरौटी बुझाएपछिको बाँकी प्रक्रिया पूरा गर्नेगरी काम गरिरहेको छ ।

बैंकिङ कसुर र राजावादी आन्दोलनको घटनामा उच्च अदालत पाटनले कूल २८ लाख धरौटी मागेकोमा उनले सोमबार साँझ सो रकम बुझाएर डिल्लीबजार कारागार फर्किएका हुन् ।

दुईटा मुद्दामा धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७