देश निर्माणको योजना साथ घर फर्किदै छु : दुर्गा प्रसाई

‘देशका लागि मन, वचन र कर्मले लाग्ने मेरो स्वभाव परिवर्तन हुने छैन’


२०८२ श्रावण १९ सोमबार २१:३७ बजे

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश निर्माणको भावी योजना साथ घर फर्किने तयारीमा रहेको बताएका छन् । आज (सोमबार) साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रसाईले यस्तो बताएका हुन् । 

सोमबार उच्च अदालत पाटनका न्यायाधीश मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले प्रसाईलाई बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनमा ३ लाख गरी २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको थियो । 

उनले  न्याय मरेको छैन भन्ने आभाष दिलाउने न्यायाशीधहरुप्रति कृतज्ञता समेत व्यक्त गरेका छन् । आदेश बमोजिम प्रसाईं धरौटी रकम तिरेर रिहा हुने प्रक्रियामा छन् । उनी गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए । 

‘मेरा लागि सारा नेपाल मेरो घर हो, कारागार पनि मलाई घरभन्दा फरक लागेन । कारागारमा रहँदा साथ दिने कारागार व्यवस्थापन परिवार, नेपाल प्रहरी, कारागारमा रहनुभएका सबै साथीहरूमा समेत हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्दछु’, उनले लेखेका छन् । 

उनले तरिका र शैली बदलिएला तर नागरिक र देशका लागि मन वचन र कर्मले लाग्ने बताएका छन् । ‘म मेरो लागि हैन देशकै लागि थिएँ, छु र रहिरहनेछु । तरिका र शैली बदलिएला तर नागरिक र देशका लागि मन वचन र कर्मले लाग्ने मेरो स्वभाव परिवर्तन हुने छैन’, उनले भनेका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७