ओलीको दम्भ र अहंकारले कम्युनिष्ट आन्दोलन सक्किने मोडमा : अध्यक्ष नेपाल

मोरङ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले केपी शर्मा ओलीको दम्भ र अंहकारका कारण नेपालको कम्युनिष्ट आन्दोलनलाई सक्किने मोडमा पुगेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले एमालेमा अहिले चलिरहेको ‘तमासा’ ले नेपालको कम्युनिष्ट आन्दोलनलाई सक्ने जिकिर गरे ।
‘‘एमालेमा अहिले जुन खालको तमासा चलिरहेको छ, त्यसले नेपालको कम्युनिष्ट आन्दोलन सक्छ । यसमा अध्यक्ष ओली लागिपर्न ुभएको छ’, उनले भने । अध्यक्ष नेपालले पूर्व राष्ट्रिपति विद्यादेवी भण्डारीलाई एमालेमा सक्रिय हुन रोक्ने खेललाई ‘तमासा’ को संज्ञा दिए । निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलनको अस्तित्व समाप्त हुने उनको भनाइ छ ।
नेपालले पूर्व राष्ट्रपति तथा पूर्व उपराष्ट्रिपतिलाई राजनीतिमा सक्रिय हुन संविधान र कानुनले नरोकेको पनि बताएका छन् । उनले वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदाइ नगरेसम्म मुलुक पीडाबाट मुक्त हुन नसक्ने जिकिर गरे ।