रुखले किच्दा दुईको मृत्यु, तीन जना बालबालिका घाइते


२०८२ श्रावण १६ शुक्रबार १८:०३ बजे

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुख ढल्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना बालबालिका घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार आज शुक्रबार दिउँसो ३ः३० बजेतिर झरीका कारण ओत लाग्न बसेको टौवामा सालको ठूलो रुख ढलेर किचेको थियो ।
रुख खस्दा पाँच जना बालबालिका टहरामा ओत लागिरहेका थिए । पानी परिरहेको अवस्थामा ओत लाग्न नजिकैको टौवामा बसेको बेला पहिरो र पानीका कारण सालको रुख ढल्दा टहरोमाथि खस्न पुग्यो ।

त्यसले ओत लागिरहेका ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोलेलाई किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । त्यसैगरी १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन  र ७ वर्षीय सुशील थिङ घाइते भएका छन् । घाइतेमध्ये अवस्था गम्भीर भएकाले सिर्जना र सन्ध्यालाई थप उपचारका लागि हेटौडातर्फ रिफर गरिएको छ भने सुशील थिङको उपचार पाँचपाण्डव पोलिक्लिनिक, झुरझुरेमा भईरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७