एनपीएलबाट क्यानलाई दुई करोड ४६ लाख नाफा


२०८२ श्रावण १५ बिहीबार २१:४२ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) ले दुई करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ नाफा गरेको छ ।

नेपाल प्रिमियर लिग परिचालन परिषद्ले बिहीबार बोर्ड बैठकमा पेस गरेको आय व्यय विवरणअनुसार उक्त रकम बचत गरेको हो । एनपीएलको पहिलो संस्करणमा २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । जसबाट बचत रकमको ५० प्रतिशत अर्थात चार करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ ८ फेन्चाइच टोलीलाई बाडिएको छ ।

बाँकी ५० प्रतिशतबाट ७० लाख रुपैयाँ प्रदेशलाई बाडिएको छ । बाँकी दुई करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको खातामा बचत भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आय–व्यय विवरणबारे गभर्निङ काउन्सिलले पेस गरेको प्रतिवेदनलाई अध्ययन र छलफल गरेर क्यानको केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने निर्णय भएको छ ।

क्यानका अनुसार आगामी संस्करणहरूका लागि अझ प्रभावकारी व्यवस्थापन गर्न यो विवरण महत्वपूर्ण आधार बन्नेछ ।क्यान बोर्ड बैठकमा एक दर्जन एजेण्डाको सूची भए पनि दिनभरको बैठकपछि राति एनपीएलको विषयमा मात्र क्यानले प्रेस विज्ञप्ति जारी गरेको हो ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७