रञ्जिता श्रेष्ठले सोधिन् नाउपा संसदीय दलका नेता गंगारामलाई २४ घण्टे स्पष्टीकरण 


२०८२ श्रावण १५ बिहीबार १६:५७ बजे

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की निलम्बित अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीले विधान विपरीत काम गरेको भन्दै २४ घण्टे लिखित स्पष्टीकरण मागेकी छन् ।

पार्टीको केन्द्रीय कार्यालयको लेटरहेड प्रयोग गरी जारी तीन पृष्ठ लामो पत्रमार्फत श्रेष्ठले आफू अस्वस्थ्य भएका कारण पार्टी गतिविधिमा सक्रिय भएका बेला संसदीय दलका नेता चौधरीले विधान विपरीत गतिविधि गरेको आरोप लगाएकी छन् ।

आफूलाई जानकारी नगराई विधान विपरीत केन्द्रीय समिति बैठक आह्वान गरिएको, पार्टी महासचिवको रूपमा हस्ताक्षर गरी निर्वाचन आयोगमा पत्र पठाएको तथा पार्टी एकता र अनुशासनविपरीत व्यक्तिगत निर्णयहरू गरेको श्रेष्ठको आरोप छ ।

पार्टीको आन्तरिक विधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र निर्वाचन आयोगसमक्ष पेश गरिएका दस्तावेजअनुसार चौधरीले एकल निर्णयबाट गर्न नपाउने भन्दै श्रेष्ठले चौधरीसँग लिखित जवाफ माग गरेकी छन् । ‘तपाईलाई विधानको धारा १७ बमोजिम किन कारबाही नगर्ने, प्रस्तुत पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र आधार कारणयुक्त एवं चित्तबुझ्दो स्पष्टिकरण पेश गर्नुहोला । अन्यथा पार्टीको विधान बमोजिम तपाईलाई कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ,’ स्पष्टीकरणको पत्रमा भनिएको छ । 

२४ घण्टाभित्र लिखित स्पष्टीकरण नआएमा पार्टी विधान बमोजिम कारबाही प्रक्रिया अघि बढाइने श्रेष्ठले चेतावनी दिएकी छन् । संसदीय दलका नेता चौधरी स्पष्टीकरण मागिएको पत्र श्रेष्ठले पार्टीको निर्वाचन तथा अनुशासन विभाग र निर्वाचन आयोग वोदार्थ समेत पठाएको उल्लेख छ । उनले अहिले पनि आफू पार्टीको वैधानिक अध्यक्ष र प्रतिनिधि भएको भन्दै बर्खास्त गरिएको भनेर भ्रम फैलाएको दाबी गरेकी छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७