इजरायली आक्रमणमा यमनी हुथी सरकारका प्रधानमन्त्रीसहित मारिए


२०८२ भदौ १५ आइतबार ०७:१२ बजे

काठमाडौं । इजरायली सेनाको हवाई आक्रमणमा यमनका हुथी विद्रोही समूहका प्रधानमन्त्रीसहित केही अन्य अधिकारीको ज्यान गएको इरान समर्थित समूहले पुष्टि गरेको छ ।

गएको वर्ष नियुक्त भएका अहमद घलेब नासेर अल–राहावी गाजामा जारी युद्धका क्रममा इजरायलको शृङ्खलाबद्ध आक्रमणमा मारिएका सबैभन्दा वरिष्ठ अधिकारी हुन् ।

प्रधानमन्त्री नासेर अल राहावीको शहादतको घोषणा गर्दै उनको मन्त्रीमण्डलका कैयौं सहकर्मीले शहादत प्राप्त गरेका हुथीले जारी गरेको विज्ञप्तिमा भनिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायली सेनाले हुथीको नियन्त्रणमा रहेको राजधानी साना क्षेत्रमा बिहीवार आक्रमण गरेको थियो । प्यालेस्टाइनप्रति ऐक्यवद्धता जनाउँदै हुथी विद्रोहीले गाजा युद्ध शुरूभएदेखि नै इजरायलमाथि बारम्बार क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएका छन् ।

इजरायलले सन् २०१४ देखि युद्धको चपेटामा परेको यमनको ठूलो भागलाई नियन्त्रण गरेको छ । यो मध्यपूर्वका अधिकांश भागमा रहेका लडाकू समूहहरूसँगै इरानको इजरायल विरोधी गठबन्धनको हिस्सा हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७