रञ्जिताले नबोलाएपछि नाउपा बहुमत सदस्यको वैठक, बोलायो राष्ट्रिय भेला


२०८२ श्रावण ११ आइतबार २०:४० बजे

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका बहुमत संस्थापक सदस्यहरूले अध्यक्ष रञ्जिता श्रेष्ठप्रति खेद प्रकट गर्दै राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठलाई शुक्रवार बहुमत केन्द्रीय सदस्यहरूले केन्द्रीय समितिको बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिएका थिए ।

त्यो समयसम्म पनि बैठक नबोलाएपछि आइतबार बहुमत केन्द्रीय सदस्यहरूको बैठक ज्येष्ठ सदस्य दामोदर पण्डितको अध्यक्षतामा बसेको हो ।आज (आइतबार) बानेश्वरमा बसेको बैठकले अध्यक्ष श्रेष्ठले बैठक बोलाउने निर्णय नगरेर अपमान गरेको निष्कर्ष निकालिएको सहभागी एक नेताले जानकारी दिएका छन् । 

‘उहाँ (अध्यक्ष श्रेष्ठ) लाई इमेल, मोबाइल र  ह्वाटसएपमार्फत बैठक बोलाउने विषयमा जानकारी गराए पनि उहाँले बेवास्ता गर्नुभयो । बहुमत सदस्यको मागलाई उहाँले अपमान गर्नु भयो । आजको बैठकले उहाँप्रति खेद प्रकट गर्दै राष्ट्रिय भेला बोलाउन निर्णय गरेको छ,’ ती नेताले  सुनाए । 

नाउपाले साउन १४ गतेका लागि राष्ट्रिय भेला आह्वान गरेको छ । संस्थापक सदस्यसमेत रहेका दामोदर पण्डितको अध्यक्षतामा बसेको बैठकले अर्का सदस्य रामलाल डंगौरा थारुको अध्यक्षतामा भेला गर्ने निर्णय गरिएको छ ।

बैठकमा दलका संस्थापक केन्द्रीय सदस्यहरू, निर्वाचित जनप्रतिनिधि तथा सांसदहरुलाई बोलाउने निर्णय गरिएको छ । बैठकमा संस्थापक २१ मध्ये १३ जना सहभागी थिए। नाउपा अध्यक्ष श्रेष्ठले आज मात्रै आफू निकट भनिएका पोखरा निवासी शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएकी थिइन् ।

आजको वैठकमा राजनीतिक गतिविधिको कार्यदिशा, भावी रणनीति, सङ्गठनात्मक संरचना निर्माण, केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड, रुपन्देही ३ को उपनिर्वाचन लगायतको छलफलको लागि १४ गते काठमाडौँस्थित बानेश्वरमा ११ बजे राष्ट्रिय भेला आह्वान गर्ने निर्णय गरिएको छ ।

केन्द्रीय सदस्य रामलाल डगौराको अध्यक्षतामा राष्ट्रिय भेला आह्वान गर्ने निर्णय गरिएको छ । बैठकमा दलका संस्थापक केन्द्रीय सदस्यहरू, निर्वाचित जनप्रतिनिधि तथा सांसदहरूलाई बोलाउने निर्णय गरिएको छ ।

उपनिर्वाचनको उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने अधिकार राष्ट्रिय भेला संयोजक रामलाल डगौरालाई दिने निर्णय समेत गरिएको छ।

नाउपामा बहुमत केन्द्रीय सदस्यहरूले राष्ट्रिय भेलादेखि उपनिर्वाचनमा नाउपाको उम्मेदवारलाई टिकट दिनेसम्मको अधिकार प्रत्यायोजन गरेको बैठकमा अध्यक्ष रन्जिता श्रेष्ठ र उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका शिव बास्तोला पनि सहभागी थिएनन्। बैठकमा संस्थापक २१ मध्ये १३ जना सहभागी थिए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७