धरानमा बनाइएको मेरो शालिक कसैले नभेट्ने गरी गाडिदिनू : सुदन किराँती


२०८२ श्रावण ७ बुधबार १०:४९ बजे
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका नेता तथा सांसद् सुदन किराँतीले सुनसरीको धरानमा बनाइएको आफ्नो शालिक कसैले नदेख्ने र नभेट्ने गरी गाडिदिन आग्रह गरेका छन् । 

पूर्व मन्त्री समेत रहेका किराँतीले  सामाजिक सञ्जालमा स्टाटस लेख्दै धरानमा निर्माण गरिएको आफ्नो शालिक कसैले नदेख्ने र कसैले कहिल्यै नभेट्ने गरि गाडिदिन स्थानीय सरकारलाई आग्रह गरेका हुन् । 

‘धरानमा मेरो शालिक बनाइ दिनु हुने सबैलाई हृदयभित्रबाटै उच्च सम्मान गर्दछु,’ फेसबुकमा उनले लेखेका छन्, ‘सबैमा स्मरण रहोस्, मलाई मेरो शालिक बनाउने चाहना अहिले पनि छैन र पछि पनि हुने छैन । साँच्चै भन्नुपर्दा मान्छेको शालिक बनाउने र शालिकलाई पूजा गर्ने संस्कृतिको सिद्धान्ततः म विरोधी हुँ । फेरि मैले शालिक बनाउनु पर्ने किसिमको देशलाई योगदान पनि के नै पो गरेको छु र ? त्यसैले त्यो बनाइएको शालिक कसैले नदेख्ने ठाउँमा र कसैले कहिल्यै नभेट्ने गरी गाडिदिनु हुन स्थानीय सरकार धरानसँग माग गर्दछु ।’

उनले थप लेखेका छन्, ‘कुनै पनि विषयमाथि प्रतिक्रिया हेर्दा महसुस भयो कि, शब्दहरुले आफै आत्महत्या गरिरहेको छ । सामाजिक सजालमा विचार व्यक्त गर्दा स्वभाविक रुपमा दुनियाँसामु आफ्नो योग्यताको पनि मापन भइरहेको हुन्छन् । त्यसैले सभ्य र स्तरीय टिप्पणी गर्दा हामी सबैका लागि स्वस्थ्यकर हुन्छ होला भन्ने टिप्पणीकर्ताहरुप्रति पनि विनम्रताको साथ  सुझाव गर्दछु । धन्यवाद!’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७