सर्पको टोकाइबाट बालिकाको मृत्यु


२०८२ श्रावण १ बिहीबार ११:३४ बजे

कपिलवस्तु । कपिलवस्तुमा विषालु सर्पको टोकाइबाट एक १४ महिनाकी बालिकाको मृत्यु भएको छ । महाराजगञ्ज नगरपालिका– २ मा सर्पले टोक्दा स्थानीय झगरु पासवानकी एक वर्ष दुई महिनाकी छोरी संगीताको मृत्यु भएको हो। गए राति घरमा सुतेको बेला बालिकालाई सर्पले डसेको आफन्तले बताएका छन् । सर्पले टोकेको केहीबेरमै बालिका अचेत भएकी थिइन् ।

त्यसपछि उनलाई उपचारका लागि अभिभावकले बहादुरगञ्ज अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि बालिकालाई थप उपचारका लागि गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा लैजाँदा बाटोमै उनको मृत्यु भएको हो । गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले उपचारमा ढिलाइ हुँदा बालिकालाई बचाउन नसकिएको बताए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७