सशस्त्र प्रहरीको डीआईजीमा थापालाई बढुवा गर्न सिफारिस


२०८२ असार ३२ बुधबार २१:२५ बजे

काठमाडौं । सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी) मा मनीष थापालाई बढुवा गर्न सिफारिस गरिएको छ। आज (बुधबार) बसेको बढुवा समितिको बैठकले रिक्त एक डीआईजीमा बढुवाका लागि थापाको नाम सिफारिस गरेको हो । 

डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त भएको थियो । डीआईजीमा बढुवा सिफारिस भएका थापा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका हुन् । यो ब्याचका मनिष थापासँगै प्रकाश थापा र विनोदराज श्रेष्ठ एसएसपी छन् ।

तर प्रकाश र विनोदराजले स्टाफ कलेज गरेका छैनन् । सशस्त्र प्रहरीमै भर्ना भएको टोलीलाई डीआईजीमा बढुवा हुन स्टाफ कलेज अनिवार्य छ । नेपाल प्रहरीको प्राविधिक सईबाट आएका कृष्णराज पाठक पनि अहिले एसएसपी छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७