नयाँ आर्थिक वर्षको पहिलो दिन बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आर्थिक वर्ष २०८१/०८२ को अन्तिम दिन अर्थात असार ३२ गतेको तुलनामा सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य रु ५ रुपैयाँ बढेर कारोबार भएको हो । जसअनुसार बिहीबार छापावाल सुनको मूल्य एक लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार सोही सुनको मूल्य तोलामा एक लाख ९२ हजार रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य बुधबार २ हजार २६० रुपैयाँ कायम भएकोमा बिहीबार बढेर तोलामा २ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।आजैदेखि २ प्रतिशत विलासिता कर पनि लागू भएको छ । तर, उक्त करको व्यवसायीले विरोध गर्दै आएका छन् ।