जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


२०८२ असार ३२ बुधबार १६:१४ बजे
फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज (बुधबार) बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

जसपा नेपालले एमाले-कांग्रेस गठबन्धनको सरकारलाई समर्थन दिएपनि सरकारमा गएको थिएन । पछिल्लो समय जसपा नेपालले भूमि विधेयकमा आपत्ति जनाउँदै आएको थियो । जसपा नेपालका प्रवक्ता मनिष सुमनका अनुसार सरकारलाई दिएको समर्थन लिएकोबारे सभामुख देवराज घिमिरेलाई जानकारी समेत गराइसकिएको छ । 

सोमबार राति मात्र उपेन्द्रसहित जसपा नेताहरूले बालुवाटारमा सत्तारूढ कांग्रेस–एमालेका नेताहरूसँग छलफल गरेका थिए । त्यसपछि जसपा सरकारमा जान लागेको भनेर चर्चा चलाइएको थियो । प्रतिनिधिसभामा कांग्रेस–एमालेको बहुतम भएपनि राष्ट्रियसभामा भने बहुमतका लागि तीन सिट अपुग छ । उनीहरू जसपालाई साथ लिने पक्षमा थिए । जसपाले साथ दिँदा राष्ट्रियसभामा समेत सत्तारूढ दलको बहमुत पुग्छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबाट यसअघि नागरिक उन्मुक्ति पार्टी समर्थन फिर्ता लिँदै बाहिरिसकेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७