एकीकृत समाजवादीमा वामदेवलाई तेस्रो बरियता


२०८२ असार २७ शुक्रबार १६:२७ बजे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा वामदेव गौतमले तेस्रो वरियता पाउने भएका छन् । आज (‍शुक्रबार) आलोकनगरमा नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीबीच पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएपछि गौतमको वरीयतामा पनि सहमति भएको उपाध्यक्ष गंगालाल तुलाधरले जानकारी दिए । हाल गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ । एकीकृत समाजवादीमा घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाल वरिष्ठ नेता छन् ।

‘पहिलो वरियतामा अध्यक्ष माधवकुमार नेपाल, दोस्रोमा सम्मानित नेता झलनाथ खनाल हुनुहुन्छ । त्यसपछि वामदेव गौतम तेस्रो वरियताको वरिष्ठ नेता रहने कुरामा सहमति भएको हो,’ उपाध्यक्ष तुलाधरले भने । उनका अनुसार वामदेव गौतमपछिको वरियताअनुसार बेदुराम भूसाल त्यसपछि प्रमेश हमाल, घनेन्द्र बस्नेत र त्यसपछि राजेन्द्र पाण्डे रहने छन् । पाण्डे पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् ।
उनले बाँकी नेताहरूको जिम्मेवारी पार्टी एकता घोषणा कार्यक्रममै सार्वजनिक गरिने बताए । साउन २ गते दुई पार्टीबीच एकता घोषणा कार्यक्रम तय भएको छ ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले पनि गौतमलाई तेस्रो वरियताको वरिष्ठ नेताको जिम्मेवारी दिने सहमति भएको बताए । ‘अध्यक्ष र सम्मानीत नेतापछि उहाँको वरियता तोकिएको छ,’ उनले भने । उपाध्यक्ष तुलाधरले गौतम एकीकृत समाजवादी पार्टीमा एकीकृत भएका कारण एकीकरणपछि बन्ने पार्टीको नाम परिवर्तन नहुने पनि बताए । ‘एकीकृत समाजवादीको  विचार, एजेन्डा र नीतिमा सहमत भएर आउनुभएको हो । त्यसकारण पार्टीको नाम, एजेन्डा फेर्नुपर्ने भन्ने कुरा छैन,’ उपाध्यक्ष तुलाधरले भने । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७